संवाददाता,रौतहट,१३ गते जेष्ठ ।
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी ले रौतहटको कटहरिया नगरपालिका वडा नं। ०८ पिप्रा पोखरियामा नयाँ वडा समिति गठन गरेको छ ।
नगर सभापति भिखारी पंडित को अध्यक्षतामा सम्पन्न भेलाले ११ सदस्यीय वडा कार्य समिति गठन गरेको हो ।
गठित समितिको सभापतिमा जितबहादुर राय यादव, उपसभापतिमा फुलमन्ती राम तथा सचिवमा उमेश यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा जैसी राम, धर्मेन्द्र यादव, रूपी साह, शिवगुलाम राय यादव लगायत रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर सभापति भिखारी पंडितले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउन आग्रह गरे ।